यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परास्त गर्दै
रोमी 12 : 21
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
१ यूहन्ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।
१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
याकूब 1 : 19 – 20
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
यूहन्ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
भजनसंग्रह 103 : 1 – 5
1 दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्।
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ,
5 जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
Leave a Reply