यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परामर्श
हितोपदेश 13 : 10
10 घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।
हितोपदेश 15 : 22
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
हितोपदेश 20 : 5
5 मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानीजस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
यूहन्ना 16 : 13
13 जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
२ तिमोथी 3 : 16 – 17
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
हितोपदेश 12 : 18
18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
लूका 16 : 31
31 “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
हितोपदेश 1 : 1 – 3
1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:
2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्,
3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,
Leave a Reply