यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परान
उत्पत्ति 21 : 21
21 त्यो पारानको मरुभूमिमा बस्थ्यो, र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई।
गन्ती 10 : 12
12 सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो।
गन्ती 12 : 16
16 त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।
गन्ती 13 : 3
3 यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए।
गन्ती 13 : 26
26 तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
व्यवस्था 1 : 1
1 सूपको सामुन्नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्थानमा समस्त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्।
व्यवस्था 33 : 2
2 तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।
हबकूक 3 : 3
3 परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो।
गन्ती 12 : 16
16 त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।
१ शमूएल 25 : 1
1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल तिनको निम्ति विलाप गर्नलाई आए, अनि तिनी रामामा आफ्नै घरमा गाड़िए। त्यसपछि दाऊद माओनको मरुभूमिमा झरे।
१ राजाहरू 11 : 18
18 उनीहरू मिद्यानबाट निस्केर पारानमा गए। पारानबाट केही मानिसहरू साथमा लिएर उनीहरू मिश्रदेशका राजा फारोकहाँ आए। उनले हददलाई एउटा घर र जग्गाजमिन अनि खाने-पिउने बन्दोबस्त जुटाइदिए।
Leave a Reply