परम्पराहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परम्पराहरू

२ थेसलोनिकी 2 : 15
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

२ तिमोथी 4 : 2 – 4
2 वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।
3 किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
4 र सत्‍य कुरा सुन्‍नदेखि तर्किजानेछन्, दन्‍त्‍यकथाहरूतिर बरालिनेछन्‌।

२ थेसलोनिकी 2 : 14 – 15
14 यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

१ कोरिन्थी 11 : 2
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।

१ कोरिन्थी 11 : 1 – 2
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।

मर्कूस 7 : 3 – 9
3 फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌।
4 बजारबाट आएपछि स्‍नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्‌। यति मात्र होइन, तिनीहरूले यस्‍ता धेरै अरू परम्‍परा मान्‍दछन्, अर्थात्‌ कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्‍परा।
5 तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?”
6 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्‍तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।
7 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’
8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्‍यागेर मानिसहरूका परम्‍परा मान्‍छौ।”
9 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।

मत्ती 15 : 6
6 यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।

मत्ती 15 : 3
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ?

२ थेसलोनिकी 3 : 6
6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।

यूहन्‍ना 6 : 50 – 71
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”
52 तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”
53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54 मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।
60 यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”
61 तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ?
62 तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो?
63 जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।
64 तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
65 अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”
66 यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।
67 येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌
69 र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।

मत्ती 15 : 2 – 6
2 “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।”
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ?
4 किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ।
5 तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।
6 यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।

मत्ती 15 : 3 – 20
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ?
4 किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ।
5 तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।
6 यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।
7 ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
8 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”
10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।
11 जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”
12 यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्‌?”
13 तर उहाँले भन्‍नुभयो, “स्‍वर्गमा हुनुहुने मेरा पिताले नरोप्‍नुभएको हरेक बोट उखेलिनेछ।
14 तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”
15 पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्‍टान्‍तको अर्थ बताइदिनुहोस्‌।”
16 उहाँले भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ?
17 के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।
20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”

१ तिमोथी 1 : 4
4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्‍त्‍य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्‍वासमा रहेको ईश्‍वरीय तालीमतिर लागून्‌।

१ तिमोथी 4 : 7
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।

२ तिमोथी 2 : 2
2 धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *