परमेश्वरले मानिसलाई किन सृष्टि गर्नुभयो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरले मानिसलाई किन सृष्टि गर्नुभयो

यशैया 43 : 7
7 हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

एफिसी 3 : 9 – 10
9 सबै कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि लुप्‍त रहेका रहस्‍यको योजना के हो, सो सबै मानिसलाई खुलस्‍त गराउने अनुग्रह मलाई दिइयो,
10 ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌।

प्रकाश 4 : 11
11 “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”

तीतस 2 : 14
14 ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।

१ पत्रुस 1 : 12
12 तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

उत्‍पत्ति 1 : 28
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

१ शमूएल 12 : 24
24 तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।

एफिसी 3 : 6
6 अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌।

१ पत्रुस 5 : 6 – 7
6 यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

रोमी 5 : 8
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

रोमी 11 : 36
36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्‌। उहाँलाई नै सदासर्वदा महिमा होस्‌। आमेन।

हिब्रू 12 : 9
9 यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र?

उपदेशक 12 : 13
13 अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।

१ कोरिन्थी 1 : 9
9 परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ।

१ कोरिन्थी 15 : 27 – 28
27 “किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ।” तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो।
28 जब सबै कुरा उहाँको अधीनमा ल्‍याइन्‍छन्, तब स्‍वयम्‌ पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्‍नुहुन्‍छ, ताकि परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।

यूहन्‍ना 3 : 16 – 17
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

उत्‍पत्ति 9 : 1
1 त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष्‌ दिएर भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र पृथ्‍वीमा भरिँदैजाओ।

यर्मिया 9 : 23
23 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *