परमेश्वरमा सन्तुष्टि

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरमा सन्तुष्टि

भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

भजनसंग्रह 17 : 15
15 अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्‍तुष्‍ट हुनेछु।

फिलिप्पी 4 : 11 – 12
11 खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु।
12 कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

यशैया 55 : 1
1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।

रोमी 15 : 13
13 आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

उपदेशक 5 : 10
10 जसले रुपियाँपैसाको माया गर्छ, त्‍यसलाई रुपियाँपैसाले कहिल्‍यै पुग्‍दैन। जसले धन-सम्‍पत्तिको माया गर्छ, त्‍यो आफ्‍नो आमदानीसँग कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन। यो पनि व्‍यर्थ हो।

यूहन्‍ना 6 : 55 – 59
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।

रोमी 14 : 17
17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

भजनसंग्रह 103 : 1 – 5
1 दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,
5 जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *