परमेश्वरबाट टाढा भाग्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरबाट टाढा भाग्दै

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

भजनसंग्रह 139 : 7 – 10
7 तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु?
8 म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ।
9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि,
10 त्‍यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ।

योना 2 : 1 – 10
1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रार्थना गरे।
2 तिनले भने, “मैले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्‍ति मैले पुकारें, र तपाईंले मेरो क्रन्‍दन ध्‍यानसित सुन्‍नुभयो।
3 तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।
4 मैले भनें, ‘म त तपाईंको दृष्‍टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्‍दिरतिर हेर्नेछु’।
5 डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्‍याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।
6 म त डाँड़ाहरूका फेदीसम्‍मै तल डुबें, पृथ्‍वीले मलाई सदाको निम्‍ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मेरो ज्‍यानलाई खाल्‍डोबाट उठाएर ल्‍याउनुभयो।
7 “जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्‍झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्‍दिरभित्रै पुग्‍यो।
8 “जस-जसले व्‍यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्‍चित हुन्‍छन्‌।
9 तर म त धन्‍यवादको स्‍तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्‍छ।”
10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्‍यसले योनालाई पाखामा उकेलिदियो।

यर्मिया 17 : 9
9 मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?

मत्ती 12 : 40
40 किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *