परमेश्वरको वचन पढ्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको वचन पढ्दै

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

रोमी 15 : 4
4 अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

मर्कूस 13 : 31
31 स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

भजनसंग्रह 119 : 18
18 मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ।

१ पत्रुस 2 : 2
2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

हितोपदेश 30 : 5
5 “परमेश्‍वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ।

भजनसंग्रह 1 : 1 – 3
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

अय्‍यूब 23 : 12
12 उहाँको मुखबाट निस्‍केको आज्ञालाई म इन्‍कार गर्दिनँ, मेरो दैनिक भोजनभन्‍दा उहाँले भन्‍नुभएको कुरा मैले हृदयमा धेरै सञ्‍चय गरिराखेको छु।

मर्कूस 1 : 14
14 अब यूहन्‍ना पक्राउमा परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *