यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको महिमा
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
हिब्रू 1 : 3
3 उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो।
फिलिप्पी 2 : 9 – 11
9 त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
रोमी 11 : 36
36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन।
यूहन्ना 11 : 40
40 येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?”
भजनसंग्रह 72 : 19
19 उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन।
प्रस्थान 24 : 17
17 इस्राएलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्म पार्ने आगोजस्तै थियो।
यशैया 42 : 8
8 “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
यशैया 60 : 1
1 “उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।
प्रस्थान 40 : 34 – 35
34 तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
35 अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
फिलिप्पी 2 : 11
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
यशैया 61 : 6
6 अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
कलस्सी 1 : 27
27 यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
हबकूक 2 : 14
14 किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।
भजनसंग्रह 8 : 1
1 सङ्गीत-निर्देशकको निम्ति गित्तितअनुसार दाऊदको भजन [1] हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ।
यूहन्ना 17 : 4 – 5
4 जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु।
5 अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्।
प्रकाश 21 : 11
11 त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
यूहन्ना 3 : 2
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
कलस्सी 3 : 24
24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
Leave a Reply