परमेश्वरको आज्ञा पालन गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको आज्ञा पालन गर्दै

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

लूका 11 : 28
28 तर उहाँले भन्‍नुभयो, “बरु तिनीहरू धन्‍य हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्‌ र पालन गर्छन्‌।”

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

मत्ती 7 : 13 – 14
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।
14 किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।

रोमी 10 : 9
9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।

यूहन्‍ना 21 : 15 – 17
15 जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढ़ी प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।”
16 उहाँले फेरि दोस्रो पल्‍ट तिनलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू, प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।”
17 उहाँले तिनलाई तेस्रो पल्‍ट भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस दुःखित भए, किनकि उहाँले तेस्रो पल्‍ट तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भन्‍नुभयो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सब कुरा जान्‍नुहुन्‍छ। म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहा छ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूलाई खुवाऊ।

मर्कूस 16 : 16
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

यूहन्‍ना 3 : 36
36 जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।”

मत्ती 21 : 29 – 31
29 त्‍यसले जवाफ दियो, ‘म जान्‍नँ।’ तर पछिबाट पछुताएर गयो।
30 “दोस्राकहाँ आएर उसले त्‍यसै भन्‍यो। त्‍यसले जवाफ दियो, ‘म जान्‍छु।’ तर गएन।
31 “अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌।

यूहन्‍ना 5 : 24
24 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *