परमेश्वरको अनाज्ञाकारिता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको अनाज्ञाकारिता

गन्ती 14 : 12
12 यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्‍दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”

गन्ती 14 : 24
24 तर मेरो दास कालेबमा अर्कै आत्‍मा छ, र त्‍यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्‍यो पसेर आएको देशमा म त्‍यसलाई लैजानेछु र त्‍यसका सन्‍तानले त्‍यो अधिकार गर्नेछन्‌।

गन्ती 32 : 13
13 इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्‍टिमा दुष्‍टता गर्ने पुस्‍ताका जम्‍मै नष्‍ट नहोउञ्‍जेल चालीस वर्षसम्‍म उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा यताउता डुलाउनुभयो।

व्यवस्था 18 : 19
19 ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु।

व्यवस्था 28 : 68
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

उत्‍पत्ति 3 : 11
11 उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”

उत्‍पत्ति 19 : 20
20 हेर्नुहोस्, ऊ त्‍यो सहर भाग्‍नलाई नजिकै छ, र त्‍यो सानो पनि छ। मलाई त्‍यहीँ नै भाग्‍न दिनुहोस्‌— त्‍यो साह्रै सानो छैन र? त्‍यहाँ गए मेरो प्राण बाँच्‍ला।”

उत्‍पत्ति 19 : 26
26 तर लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्‌।

प्रस्‍थान 4 : 14
14 तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्‍नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्‍यो राम्ररी बोल्‍न सक्‍छ। त्‍यो तँलाई भेट्‌न आउँदैछ, र तँलाई देखेर त्‍यो खुशी हुनेछ।

गन्ती 20 : 11
11 अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।

गन्ती 20 : 24
24 “हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *