यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पत्नी
हितोपदेश 18 : 22
22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
१ पत्रुस 3 : 7
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
हितोपदेश 14 : 1
1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
एफिसी 5 : 25
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
उत्पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।
एफिसी 5 : 22
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
एफिसी 5 : 33
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
उत्पत्ति 2 : 18 – 19
18 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”
19 परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो।
हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
१ थेसलोनिकी 4 : 3
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
मत्ती 19 : 7 – 9
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
एफिसी 5 : 31
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
Leave a Reply