यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पति खोज्दै
यशैया 34 : 16
16 परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ।
हितोपदेश 18 : 22
22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
उत्पत्ति 2 : 18
18 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”
उत्पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।
२ कोरिन्थी 6 : 14
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
२ पत्रुस 3 : 9
9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
हितोपदेश 31 : 10 – 12
10 उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
12 तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
उपदेशक 4 : 9 – 12
9 एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्।
10 यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा!
11 त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने?
12 एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।
१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
11 तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।
१ यूहन्ना 2 : 27
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
१ कोरिन्थी 7 : 39
39 पति बाँचुञ्जेल पतिकै बन्धनमा पत्नी रहन्छे। तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
हितोपदेश 31 : 10
10 उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
भजनसंग्रह 68 : 6
6 एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्।
मर्कूस 10 : 2 – 12
2 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ?
3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”
4 तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।”
5 तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।
6 तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।
7 ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ,
8 र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
9 यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।”
10 घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे।
11 उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ।
12 अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।”
यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’।
मत्ती 19 : 3 – 9
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
4 तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
एफिसी 1 : 11
11 उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार
१ थेसलोनिकी 4 : 1 – 18
1 अन्त्यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन् बढ्दैजाओ।
2 किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं।
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
6 यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं।
7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।
8 यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।
9 तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।
10 माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं।
11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर,
12 ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।
13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्।
14 किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।
15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
16 किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
18 यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।
लूका 16 : 18
18 “जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
Leave a Reply