यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पतिहरू
१ पत्रुस 3 : 7
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
कलस्सी 3 : 19
19 पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।
एफिसी 5 : 25
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
एफिसी 5 : 28
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
उपदेशक 9 : 9
9 परमेश्वरले सूर्यमुनि दिनुभएको यस व्यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्यही नै हुन्छ।
एफिसी 5 : 22 – 33
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
32 यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
मलाकी 2 : 14 – 16
14 तिमीहरू सोध्छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
15 के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिनीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भङ्ग नगर।
16 “सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ। “मानिसले आफैलाई आफ्नो वस्त्रलेझैँ अत्याचारले ढाक्ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। यसैले आफूलाई आत्मामा स्वयम् रक्षा गर, र विश्वास भङ्ग नगर।
एफिसी 5 : 31
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
१ कोरिन्थी 7 : 5
5 पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
१ कोरिन्थी 7 : 33
33 तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
लेवीहरू 18 : 19 – 23
19 “‘कुनै स्त्रीका रजस्वलाको समयमा त्यससित सहवास नगर्।
20 “‘तैंले परस्त्रीसित सहवास नगर्। त्यसरी तैंले आफूलाई अशुद्ध नपार्।
21 “‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ।
22 “‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो।
23 “‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो।
१ तिमोथी 2 : 11 – 15
11 स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।
14 आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्वास, प्रेम र पवित्रतामा रहिन् भने, बालक जन्ममा तिनी बचाइनेछिन्।
१ कोरिन्थी 11 : 3
3 तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।
१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
Leave a Reply