पछाडि सर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पछाडि सर्दै

हिब्रू 6 : 4 – 6
4 किनकि तिनीहरू, जसले एक चोटि ज्‍योति पाएर स्‍वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्‍माका सहभागी भएका छन्,
5 र परमेश्‍वरको उत्तम वचनको र आउने युगका शक्तिको स्‍वाद चाखेका छन्,
6 त्‍यसपछि पनि विश्‍वास त्‍याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्‍चात्ताप गर्ने स्‍थितिमा फेरि ल्‍याउनु असम्‍भव छ। किनभने तिनीहरूले आफ्‍नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि क्रूसमा टाँग्‍छन्, र खुल्‍लमखुल्‍ला उहाँको अपमान गर्छन्‌।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

यर्मिया 3 : 12
12 जा, उत्तरमा गएर यो सन्‍देश प्रचार गर्‌: “‘हे अविश्‍वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।

२ कोरिन्थी 13 : 5
5 तिमीहरू विश्‍वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भन्‍ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!

यर्मिया 3 : 22
22 “हे अविश्‍वासी मानिस हो, फर्क, तिमीहरूको विश्‍वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।” “हवस्, हामी तपाईंकहाँ फर्केर आउनेछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।

यर्मिया 8 : 5
5 त्‍यसो भए यी मानिसहरू किन तर्केर गएका छन्‌ त? तिनीहरू छलमै टाँसिरहन्‍छन्, फर्किआउन तिनीहरू इन्‍कार गर्दछन्‌।

हितोपदेश 14 : 14
14 बेईमानहरूले आफ्‍नो चालको फल पूरै भोग्‍नुपर्छ, र भला मानिसलाई आफ्‍नो कामको प्रतिफल दिइनेछ।

होशे 14 : 1
1 ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्‌।

यर्मिया 14 : 7
7 हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्‌। किनकि हाम्रो धर्म-त्‍याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।

यूहन्‍ना 3 : 16 – 17
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।

प्रकाश 2 : 1 – 11
1 एफिससका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्‌नेले भन्दछ।
2 तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्, तर वास्‍तवमा होइनन्, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु।
3 म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।
4 तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ।
5 यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।
6 तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्‍तै निकोलाइटसहरूका काम घृणा गर्छौ।
7 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ त्‍यसलाई परमेश्‍वरको स्‍वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।
8 अनि स्‍मुर्नाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्‍त्‍यले भन्‍दछ, जो मरेको थियो, र फेरि जीवित भयो।
9 म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।
10 तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।

लूका 9 : 62
62 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।”

यर्मिया 24 : 7
7 म नै परमप्रभु हुँ भनी चिन्‍ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु, किनभने तिनीहरू आफ्‍नो सम्‍पूर्ण हृदयले मकहाँ फर्कनेछन्‌।

यर्मिया 3 : 14
14 “फर्क, अविश्‍वासी प्रजा हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्‍नेछु र तिमीहरूलाई सियोनमा ल्‍याउनेछु।

मत्ती 24 : 11
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *