पखेटा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पखेटा

भजनसंग्रह 17 : 8
8 तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌—

प्रकाश 12 : 14
14 तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

रूथ 2 : 12
12 परमप्रभुले तिम्रो कामको पुरस्‍कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्‍वरले प्रशस्‍त उपहार देऊन्।”

यशैया 6 : 2
2 उहाँको मास्‍तिर सराफहरू [1] खड़ा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुई वटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्‌दैथिए।

प्रस्‍थान 25 : 20
20 ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।

भजनसंग्रह 91 : 4
4 उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *