यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पक्षाघात
मत्ती 4 : 24
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
मत्ती 8 : 6
6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”
मत्ती 8 : 13
13 तब येशूले कप्तानलाई भन्नुभयो, “जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्।” अनि त्यो नोकर त्यही घड़ी निको भयो।
मत्ती 9 : 2
2 मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”
मत्ती 9 : 6
6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”
प्रेरित 8 : 7
7 किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए।
प्रेरित 9 : 34
34 पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो।
Leave a Reply