न्यानोपन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् न्यानोपन

यर्मिया 9 : 3
3 “तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

इजकिएल 13 : 5
5 परमप्रभुको दिनमा युद्धमा त्‍यो स्‍थिर रहोस्‌ भनी तिमीहरू इस्राएलका घरानाको निम्‍ति पर्खालका चर्केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएनौ।

इजकिएल 16 : 30
30 “‘यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: तँ कस्‍तो कमजोर हृदयकी छेस्, जब तँ यी सबै काम— एक निर्लज्‍ज वेश्‍याका कामजस्‍तै गर्छेस्‌।

होशे 6 : 4
4 “ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्‍तै र सखारैको बितिजाने शीतजस्‍तै छ।

होशे 10 : 2
2 तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्‍नो दोषको दण्‍ड भोग्‍नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्‍छ।

हाग्‍गै 1 : 2
2 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू भन्‍छन्, ‘परमप्रभुको मन्‍दिर निर्माण गर्ने समय अझ आएको छैन’।”

हाग्‍गै 1 : 11
11 मैले खेतहरू र डाँड़ाहरू, अन्‍न र नयाँ दाखमद्य, तेल र जमिनले उब्‍जाउने जति सबैमा, मानिसहरूमा, पाल्‍तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”

हाग्‍गै 2 : 16
16 ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्‍यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्‍न आउनेले बीस लिटर मात्र पाउँदथ्‍यो।

मत्ती 26 : 41
41 जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”

प्रकाश 2 : 4
4 तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ।

प्रकाश 3 : 2
2 जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।

न्यायकर्ताहरू 5 : 16
16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू शिविरका अग्‍निहरूमा किन अलमली बस्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।

नहेम्‍याह 3 : 5
5 तकोका मानिसहरूले अर्को भाग मरम्‍मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्‍ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्‍याउन मानेनन्‌।

नहेम्‍याह 13 : 11
11 यसैकारण मैले अधिकारीहरूलाई हप्‍काएर प्रश्‍न गरें, “परमेश्‍वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्‍थानमा नियुक्त गरें।

प्रकाश 2 : 16
16 यसकारण पश्‍चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।

प्रकाश 2 : 24
24 तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्‍ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्‍ने बाँकी तिमीहरूलाई म भन्‍दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्‍दिनँ।

प्रकाश 3 : 3
3 यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।

प्रकाश 3 : 16
16 किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *