नेथिनिम्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेथिनिम्स

एज्रा 8 : 20
20 यीबाहेक तिनीहरूले दुई सय बीस जना मन्‍दिरका सेवकहरू ल्‍याए। लेवीहरूलाई सघाउन यस्‍ता सेवक नियुक्त गर्ने प्रथा दाऊद र तिनका अधिकारीहरूले स्‍थापित गरेका थिए। यिनीहरू सबै नाउँ-नाउँ गरी दर्ता भएका थिए।

१ इतिहास 9 : 2
2 आफ्‍ना पिता-पुर्खाहरूको देश, आफ्‍ना सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए।

एज्रा 2 : 43
43 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत

एज्रा 2 : 58
58 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२

एज्रा 2 : 70
70 पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू र मन्‍दिरका सेवकहरू अरू कोही मानिसहरूका साथ आ-आफ्‍ना सहरहरूमा बसोबास गरे, र बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।

एज्रा 7 : 7
7 अर्तासास्‍त राजाको सातौँ वर्षमा केही इस्राएलीहरू, केही पूजाहारीहरू र लेवीहरू, गवैयाहरू र द्वारपालहरू र मन्‍दिरका सेवकहरू तिनको साथमा यरूशलेममा आए।

एज्रा 7 : 24
24 हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्‍दिरका सेवकहरू अथवा परमेश्‍वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन।

एज्रा 8 : 17
17 र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्‍ब, त्‍यहाँको मन्‍दिरका सेवकहरूलाई हाम्रा परमेश्‍वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ।

नहेम्‍याह 3 : 26
26 तिनको छेउमा परोशका छोरा पदायाह र ओफेल डाँड़ामा बस्‍ने मन्‍दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्‍केको बुर्जाको सामुन्‍ने एउटा ठाउँसम्‍म मरम्‍मत गरे।

नहेम्‍याह 3 : 31
31 तिनको छेउमा सुनार मल्‍कियाहले निरीक्षण ढोकाका सामुन्‍नेको, मन्‍दिरका सेवकहरू र व्‍यापारीहरूको घरसम्‍म र कुनाका मास्‍तिरको कोठासम्‍म मरम्‍मत गरे।

नहेम्‍याह 7 : 46
46 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,

नहेम्‍याह 7 : 60
60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२

नहेम्‍याह 7 : 73
73 पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।

नहेम्‍याह 10 : 28
28 “बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, र परमेश्‍वरका व्‍यवस्‍थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्‍ना पत्‍नीहरू र छोराछोरीहरूसाथ जो बुझ्‍न सक्‍तछन्‌—

नहेम्‍याह 11 : 3
3 यरूशलेममा बस्‍ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्‍नै निजी जग्‍गाजमिनमा बसे।

नहेम्‍याह 11 : 21
21 ओफेल डाँड़ामा मन्‍दिरका सेवकहरू बसे। सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *