यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नृत्य
भजनसंग्रह 149 : 3
3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्।
उपदेशक 3 : 4
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
यर्मिया 31 : 13
13 तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।
भजनसंग्रह 30 : 11
11 तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो,
भजनसंग्रह 150 : 4
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
अय्यूब 21 : 11
11 तिनीहरूका छोराछोरीहरू थुमाहरूझैँ खेल्न कुद्छन्, र तिनीहरूका ससाना नानीहरू नाच्दै उफ्रन्छन्।
यर्मिया 31 : 4
4 म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्।
न्यायकर्ताहरू 11 : 34
34 जब यिप्ता मिस्पामा आफ्नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्।
भजनसंग्रह 100 : 1 – 5
1 हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
3 परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5 किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।
प्रस्थान 15 : 20 – 21
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
21 मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
प्रस्थान 15 : 20
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
१ इतिहास 15 : 29
29 जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
मत्ती 14 : 6 – 8
6 तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई।
7 त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।
8 तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।”
Leave a Reply