यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नूह
उत्पत्ति 5 : 29
29 उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ।”
उत्पत्ति 6 : 22
22 परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
मत्ती 24 : 38
38 किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
लूका 17 : 27
27 नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
हिब्रू 11 : 7
7 विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।
१ पत्रुस 3 : 20
20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।
उत्पत्ति 8 : 21
21 त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।
उत्पत्ति 8 : 20
20 अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढ़ाए।
उत्पत्ति 8 : 22
22 “पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”
उत्पत्ति 9 : 17
17 यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो।”
उत्पत्ति 9 : 27
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
उत्पत्ति 9 : 27
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
उत्पत्ति 9 : 29
29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।
Leave a Reply