यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निस्तार चाड
लेवीहरू 23 : 4 – 8
4 “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात् पवित्र सभाहरू यी नै हुन्:
5 पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्तार सुरु हुन्छ।
6 त्यसै महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको निम्ति अखमिरी रोटीको चाड़ सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।
7 पहिलो दिन पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू।
8 सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।”
प्रस्थान 12 : 21 – 28
21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्तार-चाड़का बलिको निम्ति मार।
22 हिसपको झुप्पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू। तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोकाबाहिर ननिस्कनू।
23 जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोड़ेर, निस्तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न।
24 “तिमीहरूले यी कुरा सदाको निम्ति एक रहिरहने विधि स्वरूप आफू र आफ्ना भावी सन्तानका लागि मान्नू।
25 जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्नेछौ, तब तिमीहरूले यो चाड़ मान्नू।
26 जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्छन्,
27 तब तिमीहरूले भन्नू, ‘यो परमप्रभुको निस्तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।
28 अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे।
१ कोरिन्थी 5 : 7
7 नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
मत्ती 26 : 26 – 28
26 तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”
27 तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
28 किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ।
प्रस्थान 23 : 15
15 तिमीहरूले अखमिरी रोटीको चाड़ मान। तिमीहरूलाई आज्ञा गरेबमोजिम आबीब महिनाको ठहराएको समयमा सात दिनसम्म अखमिरी रोटी खानू, किनकि त्यही महिनामा तिमीहरू मिश्रबाट निस्केर आएका हौ। “कोही पनि मेरो सामुन्ने रित्तो हात लिएर देखा नपरोस्।”
गन्ती 9 : 14
14 “‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड़ मान्न खोज्छ भने, त्यसले निस्तार-चाड़का नियम र विधिअनुसार त्यो मनाओस्। विदेशी र स्वदेशीको निम्ति तिमीहरूको एउटै नियम होस्’।”
मर्कूस 14 : 12 – 25
12 अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्छा के छ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाड़को भोज तयार गरौं?”
13 अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि लाग।
14 त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’
15 अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर।”
16 तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभएजस्तै भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को भोज तयार गरे।
17 साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो।
18 उहाँहरू ढल्केर खानुहुँदैगर्दा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।”
19 तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्यो म हुँ?” भनी सोध्न लागे।
20 उहाँले तिनीहरूलाई भन्नुभयो, “बाह्रैमध्ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।
21 किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुनेथियो।”
22 अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।”
23 अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।
24 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ।
25 साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
प्रस्थान 12 : 8
8 तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्।
१ कोरिन्थी 5 : 8
8 यसकारण हामी पुरानो खमिरले, अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔं।
प्रस्थान 12 : 15 – 20
15 सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ।
16 पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नू।
17 “तिमीहरूले अखमिरी रोटीको चाड़ मान्नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्याएको हुँ। यसकारण त्यो दिन तिमीहरूले पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू।
18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्काईसौँ दिनको बेलुकासम्म खमिर नहालेको रोटी खानू।
19 सात दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्। कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस्, चाहे स्वदेशी होस्, त्यो इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ।
20 तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।”
लूका 22 : 15
15 उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,
लूका 22 : 7 – 20
7 अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो।
8 उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।”
9 तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”
10 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग,
11 र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’
12 उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।”
13 तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे।
14 अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो।
15 उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,
16 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।”
17 तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़।
18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।”
19 अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।”
20 यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।
एज्रा 6 : 20
20 पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्ति र आ-आफ्ना पूजाहारी-भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार-चाड़को थुमा मारे।
प्रस्थान 13 : 3
3 तब मोशाले मानिसहरूलाई भने, “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बाहुलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्।
लूका 2 : 41 – 50
41 उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे।
42 जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो।
43 चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्।
44 उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,
45 तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के।
46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए।
47 सुन्नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे।
48 उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”
49 उहाँले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?”
50 तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्।
गन्ती 9 : 6 – 12
6 तर मान्छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्यस दिन निस्तार-चाड़ मान्न सकेका थिएनन्। तिनीहरू त्यसै दिन मोशा र हारूनको सामुन्ने आए।
7 ती मानिसहरूले तिनलाई भने, “मान्छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्ना बलि किन चढ़ाउन नपाउने?”
8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्छ, म थाहा पाऊँ।”
9 तब परमप्रभुले मोशालाई भन्नुभयो,
10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढ़ा-टाढ़ा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार-चाड़ मानोस्।
11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्।
12 तिनीहरूले भोलिपल्ट बिहानसम्म त्यसबाट केही पनि बाँकी नराखून्। त्यसको कुनै हाड़ पनि नभाँचून्। निस्तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्।
यूहन्ना 2 : 13
13 यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो।
इजकिएल 45 : 21 – 24
21 “‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूले सात दिनसम्म मानिने निस्तार-चाड़ मान्नुपर्छ। त्यस बेला तिमीहरूले अखमिरी रोटी खानुपर्छ।
22 त्यस दिन राजकुमारले आफ्नो निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको लागि एउटा साँढ़े जुटाउनुपर्छ।
23 चाड़का सातै दिनसम्म तिनले दिनहुँ परमप्रभुको निम्ति सात वटा निष्खोट साँढ़े र सात वटा निष्खोट भेड़ा होमबलि गरी र दिनहुँ एउटा-एउटा बोका पापबलि गरी चढ़ाउनुपर्छ।
24 हरेक साँढ़े र भेड़ाको साथ तिनले एक एपा अन्नबलि स्वरूप चढ़ाउनुपर्छ, र हरेक एपाको साथ एक हीन [7] तेल चढ़ाउनुपर्छ।
प्रेरित 12 : 4
4 हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए, र निस्तारचाड़पछि तिनलाई जनताका सामने ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्मा लाइदिए।
Leave a Reply