निष्पक्षता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निष्पक्षता

हिब्रू 6 : 10
10 परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न, र तिमीहरूका काम र उहाँको खातिर सन्‍तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्‍नुहुन्‍न। तिमीहरू अझै पनि त्‍यस्‍तै सेवा गरिराखेका छौ।

याकूब 2 : 1 – 5
1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
3 तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने,
4 के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?
5 मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?

उपदेशक 9 : 11
11 सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌।

हितोपदेश 31 : 9
9 आवाज उठा र न्‍यायसँग फैसला गर्‌। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्‌।”

मत्ती 20 : 16
16 “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”

हितोपदेश 16 : 11
11 ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।

१ पत्रुस 3 : 8
8 अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।

याकूब 2 : 1
1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।

भजनसंग्रह 106 : 3
3 तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌।

मर्कूस 12 : 28 – 31
28 शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो?”
29 येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।
30 तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *