यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निर्यात
१ राजाहरू 10 : 29
29 तिनीहरूले मिश्रदेशबाट चाँदीका छ सय सिक्का दामको एउटा रथ र चाँदीको डेढ़ सय सिक्का दामको एउटा घोड़ा पैठारी गर्थे। तिनीहरूले हित्तीहरूका र अरामीहरूका सबै राजाहरूकहाँ ती निकासी गर्थे।
२ इतिहास 1 : 17
17 प्रत्येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्थे। त्यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्यापारीहरूले प्राप्त गर्थे।
उत्पत्ति 37 : 25
25 जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे।
१ राजाहरू 10 : 11
11 हीरामका जहाजहरूले ओपीरबाट सुन ल्याउँथे। त्यहाँबाट तिनीहरूले चन्दनको काठ र बहुमूल्य पत्थरहरू जहाजमा पनि ल्याउँथे।
१ राजाहरू 22 : 48
48 ओपीरबाट सुन ल्याउनलाई यहोशापातले व्यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्केको कारण ती समुद्रमै जान पाएनन्।
१ इतिहास 29 : 4
4 अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्दिरका भित्ताहरू मोहोर्नलाई,
१ राजाहरू 10 : 22
22 हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।
१ राजाहरू 10 : 22
22 हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।
इजकिएल 27 : 13
13 “‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गरे। तिनीहरूले आफ्ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्यापारका मालसामानसित साटे।
इजकिएल 27 : 21
21 “‘अरब देश र केदारका सबै राजकुमारहरू तेरा ग्राहक थिए। तिनीहरूले थुमा, भेड़ा र बाख्राका व्यापार तँसित गर्थे।
Leave a Reply