निराशालाई पार गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निराशालाई पार गर्दै

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

कलस्सी 3 : 23 – 25
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

भजनसंग्रह 121 : 1 – 8
1 यात्राको गीत [1] पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?
2 स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3 उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।
4 साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ।
6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

हिब्रू 4 : 14 – 16
14 आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।
15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

यशैया 40 : 28 – 31
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?
29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
30 युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

भजनसंग्रह 73 : 1 – 28
1 आसापको भजन [1] साँच्‍चै नै इस्राएलको निम्‍ति परमेश्‍वर भला हुनुहुन्‍छ, तिनीहरूका निम्‍ति जसको हृदय शुद्ध छ।
2 तर मेरा खुट्टा प्राय: चिप्‍लन लागेका थिए। मैले मेरो टेक्‍ने आधार हराउन लागेको थिएँ।
3 किनकि दुष्‍टहरूको उन्‍नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें।
4 तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्‍वस्‍थ र बलिया छन्‌।
5 अरू मानिसहरूझैँ तिनीहरू कष्‍टमा हुँदैनन्‌, तिनीहरूमाथि मानव खराबी आइलाग्‍दैनन्‌।
6 यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्‍छ, र तिनीहरू हिंसाको वस्‍त्र लाउँछन्‌।
7 तिनीहरूका निष्‍ठुर हृदयबाट दुष्‍टता निस्‍कन्‍छ, तिनीहरूका मनको दुष्‍ट अहङ्कारको सीमा छैन।
8 तिनीहरू ठट्टा गर्छन्‌, अनि डाहका कुरा गर्छन्‌, र आफ्‍नो अहङ्कारमा अत्‍याचार गर्ने धम्‍की दिन्‍छन्‌।
9 तिनीहरूका मुखले स्‍वर्गकै दाबी गर्छन्‌, र तिनीहरूका जिब्राले पृथ्‍वीलाई अधिकार गर्छन्‌।
10 यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्‍छन्‌, र प्रशस्‍त पानी पिउँछन्‌।
11 तिनीहरू भन्‍छन्‌, “परमेश्‍वरले कसरी जान्‍नुहुन्‍छ र? के सर्वोच्‍चमा ज्ञान छ र?”
12 हेर, दुष्‍टहरू यस्‍ता छन्‌। सधैँ निश्‍चिन्‍त, तिनीहरू धन बढ़ाउँछन्‌।
13 निश्‍चय मैले व्‍यर्थमा आफ्‍नो हृदय शुद्ध राखेको छु, र निर्दोषतामा आफ्‍नो हात धोएको छु।
14 दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्‍ड भोग्‍नुपरेको छ।
15 यदि “म यसै भन्‍नेछु” भनी मैले भनेको भए त, मैले तपाईंका सन्‍तानलाई विश्‍वासघात गर्नेथिएँ।
16 जब मैले यी सबै बुझ्‍ने कोसिस गरें, यो मेरो निम्‍ति अति गह्रौँ भयो,
17 जबसम्‍म म परमेश्‍वरको पवित्रस्‍थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्‍तिम अवस्‍था बुझें।
18 निश्‍चय तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्‍छ।
19 तिनीहरू कति अचानक नष्‍ट हुन्‍छन्‌, त्रासले तिनीहरू पूर्णत: बगाइए!
20 तिनीहरू बिहान बिउँझँदा सपनाजस्‍तै टलिजान्‍छन्‌। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्‍पनाझैँ तुच्‍छ ठान्‍नुहुन्‍छ।
21 जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो,
22 म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ।
23 तैपनि म निरन्‍तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ।
24 आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ।
25 स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन।
26 मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।
27 तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌, तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ।
28 तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।

१ यूहन्‍ना 5 : 13 – 14
13 तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु।
14 परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।

मत्ती 10 : 29 – 31
29 के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।
30 तिमीहरूका शिरका केशहरू पनि सबै गन्‍ती भएका छन्‌।
31 यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ्‌ता मूल्‍यवान्‌ छौ।

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

भजनसंग्रह 46 : 1 – 11
1 सङ्गीत-निर्देशकको निम्‍ति अलामोत [1] नामक कोरहवंशीको भजन [1] परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।
2 यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌,
3 चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌, र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌। सेला
4 एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।
5 परमेश्‍वर त्‍यसभित्र हुनुहुन्‍छ, त्‍यो खस्‍नेछैन। झिसमिसेमै परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ।
6 जाति-जातिहरूमा कोलाहल छ, राज्‍यहरू पतन हुन्‍छन्‌, उहाँले आफ्‍नो सोर उचाल्‍नुहुन्‍छ, पृथ्‍वी पग्‍लन्‍छ।
7 सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला
8 आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्‍वीमा ल्‍याउनुभएको उजाड अवस्‍था।
9 उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍मै युद्धहरू रोक्‍नुहुन्‍छ। उहाँले धनु भाँच्‍नुहुन्‍छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ, उहाँले ढालहरूलाई आगोले भस्‍म पार्नुहुन्‍छ।
10 “शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्‍वीमा म उचालिनेछु।”
11 सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला

मत्ती 6 : 10
10 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

मत्ती 6 : 6
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

मर्कूस 9 : 24
24 तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्‍वास गर्दछु। मेरो अविश्‍वासमा मलाई सहायता गर्नुहोस्‌।”

रोमी 5 : 5
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

मत्ती 21 : 21
21 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमा विश्‍वास छ र कहिल्‍यै शङ्का गरेनौ भने, अञ्‍जीरको बोटलाई जे गरियो त्‍यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्‍यौ भने सो हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *