निम्न

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निम्न

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

व्यवस्था 20 : 1 – 4
1 तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्‍दा असंख्‍य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
2 युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्‍नुपर्छ,
3 “हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्‍ने भयभीत नहोओ।
4 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *