यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निगल
भजनसंग्रह 84 : 3
3 हे सर्वशक्तिमान् परमप्रभु, मेरा राजा अनि मेरा परमेश्वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्ना बचेरोहरूलाई राख्छे।
यशैया 38 : 14
14 गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्।”
यर्मिया 8 : 7
7 आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्।
Leave a Reply