नाजराइट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाजराइट

गन्ती 6 : 21
21 “‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्‍यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्‌। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्‍पूर्ण रूपले त्‍यसले पालन गर्नुपर्छ’।”

न्यायकर्ताहरू 13 : 5
5 किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। त्‍यसको कपालमा छुरा नलागोस्, किनभने त्‍यो बालक जन्‍मेको दिनदेखि नै परमेश्‍वरको निम्‍ति अलग गरिएको एक नाजिरी हुनेछ। त्‍यसले नै इस्राएललाई पलिश्‍तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”

विलाप 4 : 7
7 त्‍यसका युवराजहरू हिउँभन्‍दा सफा र दूधभन्‍दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्‍दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्‍ता थिए।

आमोस 2 : 12
12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन लायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।

न्यायकर्ताहरू 13 : 5
5 किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। त्‍यसको कपालमा छुरा नलागोस्, किनभने त्‍यो बालक जन्‍मेको दिनदेखि नै परमेश्‍वरको निम्‍ति अलग गरिएको एक नाजिरी हुनेछ। त्‍यसले नै इस्राएललाई पलिश्‍तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”

न्यायकर्ताहरू 13 : 7
7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”

न्यायकर्ताहरू 16 : 17
17 यसकारण आफ्‍नो गुप्‍त कुरा तिनले त्‍यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्‍यै छुरा लागेको छैन, किनभने जन्‍मैदेखि परमेश्‍वरको निम्‍ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्‍नेछ, र म अरू मानिसजस्‍तै निर्बल हुनेछु।”

१ शमूएल 1 : 11
11 हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान्‌ परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो र मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, र एउटा बालक दिनुभयो भने, म त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, र त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।”

मत्ती 11 : 18
18 किनभने यूहन्‍ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्‍दछन्‌।

लूका 1 : 15
15 किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌।

लूका 7 : 33
33 बप्‍तिस्‍मा-दिने यूहन्‍ना आए, अनि तिनले न त रोटी खान्‍थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्‍दछौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *