यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाजरथ
मत्ती 2 : 23
23 तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
लूका 1 : 27
27 तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
लूका 1 : 56
56 मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।
लूका 2 : 4
4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए।
लूका 2 : 39
39 जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के।
लूका 2 : 51
51 तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन्
मत्ती 21 : 11
11 भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।”
मर्कूस 1 : 24
24 त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
मर्कूस 10 : 47
47 जब त्यसले उहाँ नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो, तब कराएर त्यसले भन्न लाग्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।”
लूका 4 : 34
34 “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
लूका 18 : 37
37 मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।”
लूका 24 : 19
19 उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो।
लूका 4 : 30
30 तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो।
यूहन्ना 1 : 46
46 नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
Leave a Reply