नागरिक अवज्ञा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नागरिक अवज्ञा

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

रोमी 13 : 1 – 7
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

याकूब 4 : 17
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।

प्रेरित 5 : 28 – 29
28 “हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।”
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

१ पत्रुस 2 : 13
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,

दानिएल 3 : 1 – 30
1 राजा नबूकदनेसरले तीस मिटर अग्‍लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्‍यसलाई बेबिलोनको प्रदेशमा स्‍थित दूरा नाम गरेको मैदानमा स्‍थापना गरे।
2 त्‍यसपछि उनले त्‍यस मूर्ति अर्पण गर्नलाई प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरूलाई भेला गरे।
3 यसकारण प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरू राजा नबूकदनेसरले खड़ा गरेको त्‍यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्‍यसको अगि उभिए।
4 तब सो कुराको घोषणा गर्नेले चर्को स्‍वरमा कराएर भन्‍यो, “हे मानिसहरू, जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ:
5 तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाको स्‍वर सुन्‍ने बित्तिकै राजा नबूकदनेसरले स्‍थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्‍टो परेर तिमीहरू सबैले दण्‍डवत्‌ गर्नुपर्छ।
6 घोप्‍टो परेर दण्‍डवत्‌ नगर्ने जोसुकै पनि तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”
7 यसैकारण नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍ने बित्तिकै विभिन्‍न भाषा बोल्‍ने जाति-जातिका मानिसहरू सबैले घोप्‍टो परेर नबूकदनेसर राजाले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गरे।
8 यसै बेला केही ज्‍योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए।
9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्‌!
10 हजूरले हुकुम गर्नुभएको छ, कि हरेक जसले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍छ, त्‍यसले घोप्‍टो परेर सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नुपर्छ।
11 अनि जसले घोप्‍टो परेर दण्‍डवत्‌ गर्दैन, उसलाई दन्‍किएको आगोको भट्टीमा फालिनेछ।
12 तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्‍तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्‌नगो हुन्‌। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्‌। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्‍छन्, न हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्छन्‌।”
13 रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्‌नगोलाई ल्‍याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्‍याइए,
14 र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो, के यो कुरा सत्‍य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्दैनौ?
15 अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्‍ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्‍डवत्‌ गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्‍डवत्‌ गरेनौ भने, तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्‍ला?”
16 शद्रक, मेशक र अबेद्‌नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्‍बन्‍धमा हजूरको अगि हाम्रो आफ्‍नै पक्षमा भन्‍नुपर्ने आवश्‍यकता केही छैन।
17 हे महाराजा, यदि हामीहरू दन्‍किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्‍वरले हामीलाई यसबाट बचाउन सक्‍नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।
18 तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।”
19 तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे,
20 र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे।
21 तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए।
22 राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो,
23 अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे।
24 त्‍यसपछि राजा नबूकदनेसरले आश्‍चर्यचकित हुँदै उफ्रेर आफ्‍ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन्‌ र?” उनीहरूले जवाफ दिए, “निश्‍चय नै हो, महाराजा।”
25 उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्‍दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्‍छन्, र त्‍यो चौथोचाहिँ देवताहरूको पुत्रजस्‍तै देखिन्‍छ।”
26 तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए,
27 अनि प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्‍याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्‍धैसमेत थिएन।
28 त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए।
29 यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्‍ने मानिसहरूले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको विरुद्धमा केही भन्‍छन्‌ भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन्‌ र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्‍दैनन्‌।”
30 त्‍यसपछि राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोनको प्रान्‍तमा पदोन्‍नति गरिदिए।

रोमी 13 : 7
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।

प्रस्‍थान 1 : 15 – 22
15 तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने,
16 “जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।”
17 तर सुँड़ेनीहरू परमेश्‍वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।
18 यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?”
19 सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्‌। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्‍नुभन्‍दा अघि नै बच्‍चा जन्‍माइसकेका हुन्‍छन्‌।”
20 अनि परमेश्‍वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ बढ्‌दैगए र शक्तिशाली भए।
21 सुँड़ेनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्‍तान दिनुभयो।
22 तब फारोले आफ्‍ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्‍मन्‍छन्‌ तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्‍नू।”

प्रेरित 4 : 18 – 20
18 अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।
19 तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌।
20 किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”

रोमी 13 : 1
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

प्रेरित 5 : 40 – 42
40 तब उनीहरूले तिनका सल्‍लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्‍नू” भन्‍ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए।
41 तब येशूको नाउँमा अपमान सहने योग्‍यका ठहरियौं भन्‍ने कुरामा आनन्‍द मनाउँदै तिनीहरू महासभाको उपस्‍थितिबाट निस्‍केर गए।
42 अनि हरेक दिन तिनीहरूले मन्‍दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्‌।

यूहन्‍ना 19 : 11
11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्‍पिदिने अझ बढ़ी पापको दोषी छ।”

दानिएल 6 : 10 – 13
10 जब दानिएलले त्‍यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्‍नो घरको माथिल्‍लो तलाको कोठामा गए, जहाँ झ्‍यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्‍तै तिनी दिनमा तीन पल्‍ट घुँड़ा टेकी परमेश्‍वरलाई धन्‍यवाद दिँदै प्रार्थना गर्थे।
11 तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्‍वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए।
12 यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्‍य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्‍यो सिंहको खोरमा फ्‍याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्‍दैन, त्‍यो आदेश स्‍थायी छ।”
13 तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।”

दानिएल 6 : 1 – 28
1 सम्‍पूर्ण राज्‍यको शासन गर्नलाई एक सय बीस जना प्रान्‍तका बड़ाहाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्‍यो।
2 तीमाथि तीन जना अध्‍यक्ष नियुक्त गरिए, जसमध्‍ये दानिएल एक थिए। राजाको काममा हानि नहोस्‌ भनेर ती प्रान्‍तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए।
3 अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूका बीचमा यस्‍तो फरक देखाए कि राजाले तिनलाई सम्‍पूर्ण राज्‍यको शासक नियुक्त गर्ने योजना गरे।
4 तब अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्‍ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्‍न लागे, तर त्‍यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्‍टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्‍वासयोग्‍य थिए, र तिनी न त भ्रष्‍ट न लापरवाही नै थिए।
5 अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।”
6 यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌!
7 राजकीय अध्‍यक्षहरू, प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू, सबैले यो मन्‍जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्‍नुपर्छ र त्‍यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्‍म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्‍यस्‍ता व्‍यक्ति सिंहको खोरमा फालिनेछन्‌।
8 अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।”
9 यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।
10 जब दानिएलले त्‍यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्‍नो घरको माथिल्‍लो तलाको कोठामा गए, जहाँ झ्‍यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्‍तै तिनी दिनमा तीन पल्‍ट घुँड़ा टेकी परमेश्‍वरलाई धन्‍यवाद दिँदै प्रार्थना गर्थे।
11 तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्‍वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए।
12 यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्‍य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्‍यो सिंहको खोरमा फ्‍याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्‍दैन, त्‍यो आदेश स्‍थायी छ।”
13 तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।”
14 जब राजाले यो कुरा सुने, उनी अत्‍यन्‍त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्‍तसम्‍मै हरप्रयास गरे।
15 त्‍यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस्‌ कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्‌लन सकिँदैन।”
16 यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई छुटकारा देऊन्!”
17 खोरको मुखमा एउटा ढुङ्गा ल्‍याएर राखियो, र दानिएलको अवस्‍थामा कुनै परिवर्तन नहोस्‌ भनेर राजाले आफ्‍नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए।
18 तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।
19 बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए।
20 जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?”
21 दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌!
22 मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।”
23 राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए।
24 दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्‍याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्‍याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्‍दै सिंहहरूले उनीहरूमाथि झम्‍टेर उनीहरूका हड्डीहरूसमेत कर्‍याककुरुक पारेर खाए।
25 तब राजा दाराले साम्राज्‍यभित्रका हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूलाई यस्‍तो लेखे: “तिमीहरूलाई कल्‍याण होस्‌!
26 म यो आदेश जारी गर्दछु कि मेरो राज्‍यभरका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मान्‍नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्‍वर हुनुहुन्‍छ, र उहाँ सधैँभरि रहनुहुन्‍छ। उहाँको राज्‍य नष्‍ट हुनेछैन, उहाँका प्रभुत्‍वको अन्‍त कहिल्‍यै हुनेछैन।
27 उहाँ छुटकारा दिनुहुन्‍छ र बचाउनुहुन्‍छ; उहाँ स्‍वर्गमा र पृथ्‍वीमा आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।”
28 यसकारण दाराको राज्‍यकाल र फारसी कोरेसको राज्‍यकालमा दानिएलको उन्‍नति भयो।

दानिएल 3 : 15 – 18
15 अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्‍ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्‍डवत्‌ गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्‍डवत्‌ गरेनौ भने, तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्‍ला?”
16 शद्रक, मेशक र अबेद्‌नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्‍बन्‍धमा हजूरको अगि हाम्रो आफ्‍नै पक्षमा भन्‍नुपर्ने आवश्‍यकता केही छैन।
17 हे महाराजा, यदि हामीहरू दन्‍किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्‍वरले हामीलाई यसबाट बचाउन सक्‍नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।
18 तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।”

प्रेरित 4 : 1 – 37
1 पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।
2 उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्‍थान हुन्‍छ भन्‍ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।
3 तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।
4 तर वचन सुन्‍नेहरूमध्‍ये धेरैले नै विश्‍वास गरे, र विश्‍वास गर्ने मानिसहरूको संख्‍या प्राय: पाँच हजार भयो।
5 भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।
6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।
7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”
8 तब पवित्र आत्‍माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो,
9 आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,
10 तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएको र परमेश्‍वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्‍ने निको भएर उभिएको छ।
11 ‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’
12 अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन्‌ भनी थाहा पाए, तब तिनीहरू छक्‍क परे, र यिनीहरू येशूको साथमा रहन्‍थे भन्‍ने तिनीहरूले थाहा पाए।
14 तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्‍न सकेनन्‌।
15 यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे,
16 “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्‍ची नै यिनीहरूबाट एउटा अचम्‍मको काम भएको छ भन्‍ने यरूशलेमका बासिन्‍दा जम्‍मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्‍कार गर्न सक्‍दैनौं।
17 तर यो कुरो जनतामा नफैलिओस्‌ भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्‍नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”
18 अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।
19 तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌।
20 किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”
21 तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।
22 किनकि जुन मानिस आश्‍चर्य कामद्वारा निको पारिएको थियो, त्‍यसको उमेर चालीस वर्षभन्‍दा बढ़ी थियो।
23 छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।
24 जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो,
25 जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे?
26 परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’
27 किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।
28 त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।
29 अब हे प्रभु, तिनीहरूका धम्‍कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्‍न दिनुहोस्,
30 र निको पार्नलाई तपाईंले आफ्‍नो बाहुली फैलाउनुहुँदा, आफ्‍ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्‍ह र आश्‍चर्य कामहरू होऊन्‌।”
31 तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले।
32 विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
33 ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
34 तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे,
35 र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।
36 अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्‍साहको पुत्र हो),
37 उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *