यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नर्स
उत्पत्ति 24 : 59
59 यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए।
उत्पत्ति 35 : 8
8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे।
प्रस्थान 2 : 7
7 तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?”
रूथ 4 : 16
16 नाओमीले त्यस बालकलाई लिएर आफ्नो काखमा राखिन् र तिनी त्यसकी धाई पनि भइन्।
२ राजाहरू 11 : 2
2 तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन।
यशैया 60 : 4
4 “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्।
१ थेसलोनिकी 2 : 7
7 आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।
२ शमूएल 4 : 4
4 (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्युको समाचार आउँदा त्यो पाँच वर्षको थियो। त्यसकी धाईले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्यो लड्यो, र लङ्गड़ो भयो। त्यसको नाउँ मपीबोशेत थियो।)
Leave a Reply