यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नराम्रो शब्दहरू
एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
हितोपदेश 12 : 18
18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
याकूब 3 : 10
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
याकूब 1 : 19
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
हितोपदेश 15 : 28
28 धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ।
भजनसंग्रह 141 : 3
3 हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्।
याकूब 3 : 8
8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
हितोपदेश 18 : 21
21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
मत्ती 12 : 35
35 असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ।
हितोपदेश 13 : 3
3 आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।
मत्ती 12 : 37
37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
Leave a Reply