नराम्रो चीजहरू जुन असल मानिसहरूलाई हुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नराम्रो चीजहरू जुन असल मानिसहरूलाई हुन्छ

यूहन्‍ना 9 : 1 – 41
1 त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो।
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”
3 येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।
5 म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।”
6 यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो।
7 अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो।
8 त्‍यसका छिमेकीहरू र त्‍यसलाई भीख मागेको देख्‍नेहरूले भने, “बसेर भीख माग्‍ने मान्‍छे के यही होइन?”
9 कसै-कसैले भने, “यो त्‍यही हो।” अरूले भने, “होइन, यो त्‍यहीजस्‍तो देखिन्‍छ।” त्‍यसले भन्‍यो, “म त्‍यही हुँ।”
10 तब तिनीहरूले त्‍यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11 त्‍यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्‍ने भएँ।”
12 तिनीहरूले त्‍यसलाई भने, “तिनी कहाँ छन्‌ त?” त्‍यसले भन्‍यो, “म जान्‍दिनँ।”
13 अघि अन्‍धो हुने त्‍यस मान्‍छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्‍याए।
14 जुन दिन येशूले माटोको लेप बनाएर त्‍यसका आँखा खोलिदिनुभएको थियो त्‍यो शबाथ-दिन थियो।
15 फरिसीहरूले त्‍यसलाई सोधे, “तँ कसरी देख्‍ने भइस्‌?” त्‍यसले तिनीहरूलाई भन्‍यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्‍ने भएँ।”
16 फरिसीहरूमध्‍ये कुनै-कुनैले भने, “त्‍यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि त्‍यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्‍ता चिन्‍हहरू गर्न सक्‍तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।
17 तिनीहरूले त्‍यस अन्‍धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्‍छस्‌?” त्‍यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्‍छ।”
18 दृष्‍टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्‍जेल यहूदीहरूले त्‍यो अन्‍धो थियो र देख्‍ने भयो भनेर विश्‍वास गरेनन्‌।
19 तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्‍धो जन्‍मेको थियो भनी तिमीहरू भन्‍छौ? त अब कसरी त्‍यो देख्‍न सक्‍ने भयो?”
20 त्‍यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्‍दछौ यो हाम्रो छोरो हो, र अन्‍धो जन्‍मेको थियो।
21 तर अब यो कसरी देख्‍ने भयो हामी जान्‍दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्‍यो पनि हामी जान्‍दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌। आफ्‍नो विषयमा त्‍यो आफै बोल्‍नेछ।”
22 त्‍यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्‍यो भने, त्‍यसलाई सभाघरबाट निकाल्‍नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।
23 यसैकारण त्‍यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌।”
24 तब तिनीहरूले त्‍यस अन्‍धो मानिसलाई दोस्रो पल्‍ट बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्‍दछौं यो मान्‍छे पापी हो।”
25 त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, म जान्‍दिनँ। एउटै कुरा मात्र म जान्‍दछु कि म अन्‍धो थिएँ, तर अब देख्‍दछु।”
26 तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
27 त्‍यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्‍छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्‍छ कि कसो?”
28 तिनीहरूले त्‍यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।
29 हामीलाई थाहा छ मोशासँग परमेश्‍वरले बोल्‍नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”
30 त्‍यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्‍यो, “कस्‍तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्‍नुहुन्‍न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।
31 हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ।
32 संसार सुरु भएदेखि यसो जन्‍मैको अन्‍धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्‍यै सुनिएन।
33 यदि यी मानिस परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।”
34 तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए।
35 तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”
36 त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?”
37 येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।”
38 तब त्‍यसले भन्‍यो, “प्रभु, म विश्‍वास गर्दछु”, र त्‍यसले उहाँलाई दण्‍डवत्‌ गर्‍यो।
39 अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।”
40 यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्‍धा हौं त?”
41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अन्‍धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्‍छौं’ भन्‍दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्‍छ।”

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

१ कोरिन्थी 13 : 12
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।

भजनसंग्रह 10 : 1 – 18
1 हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्‍छ? कष्‍टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्‍छ?
2 दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌।
3 दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ।
4 आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन।
5 त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ।
6 त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”
7 त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌।
8 गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ।
9 झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ।
10 दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌।
11 त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।”
12 हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌।
13 दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।”
14 तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ।
15 दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।
16 परमप्रभु सदासर्वदाको निम्‍ति राजा हुनुहुन्‍छ, जाति-जातिहरू उहाँको देशबाट नष्‍ट हुनेछन्‌।
17 हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ।
18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।

मत्ती 5 : 45
45 र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।

भजनसंग्रह 13 : 1 – 6
1 सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंले आफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ?
2 मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?
3 ममाथि निगाह गर्नुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌, हे परमप्रभु मेरा परमेश्‍वर। मेरा आँखालाई ज्‍योति दिनुहोस्‌, नत्रता म मृत्‍युको निद्रामा पर्नेछु।
4 नत्रता मेरो शत्रुले भन्‍नेछ, “त्‍यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्‍दा मेरा शत्रुहरू रमाउनेछन्‌।
5 तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।
6 म परमप्रभुको स्‍तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।

१ यूहन्‍ना 2 : 15
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।

मत्ती 13 : 18 – 23
18 “बीउ छर्नेको दृष्‍टान्‍त सुन।
19 जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।
20 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।
21 तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।
22 काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।
23 तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”

१ कोरिन्थी 11 : 29 – 30
29 किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ।
30 यसैकारण तिमीहरूमध्‍ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्‌।

यशैया 57 : 1
1 धर्मी मानिसहरू नष्‍ट हुन्‍छन्, र त्‍यस कुराको कसैले आफ्‍नो मनमा वास्‍ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्‍छन्, तर कसैले बुझ्‍दैन कि दुष्‍टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्‍छन्‌।

लूका 13 : 2 – 3
2 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्‍ट भोगे भन्‍दैमा, के तिमीहरू ठान्‍छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्‍दा बढ़ी पापी थिए?
3 म तिमीहरूलाई भन्‍दछु, त्‍यसो होइन, तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।

अय्‍यूब 14 : 1
1 “स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *