नरकका ढोकाहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नरकका ढोकाहरू

मत्ती 16 : 18
18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली [1] यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

प्रकाश 1 : 18
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।

एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

मत्ती 25 : 41
41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।

प्रकाश 20 : 14
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।

लूका 16 : 19 – 26
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्‍य वस्‍त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्‍जामा बस्‍तथ्‍यो।
20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्‍याएर राखिदिन्‍थे। त्‍यो घावैघाउले भरिएको थियो।
21 त्‍यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्‍नो पेट भर्ने इच्‍छा गर्थ्‍यो। कुकुरहरूले पनि आएर त्‍यसका घाउहरू चाट्‌थे।
22 “त्‍यो गरीब मानिस मर्‍यो, र स्‍वर्गदूतहरूले त्‍यसलाई लगेर अब्राहामको साथमा राखे। त्‍यो धनी मानिस पनि मर्‍यो र गाडियो।
23 नरकमा कठोर कष्‍ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्‍यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्‍यो।
24 अनि उसले कराएर भन्‍यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्‍यसले आफ्‍नो औँलाको टुप्‍पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्‍वालामा भयङ्कर वेदना पाइरहेछु।’
25 “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्‍नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्‍यसै गरी लाजरसले दुःखैदुःख भोग्‍यो। त्‍यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्‍टमा छस्‌।
26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्‍नेहरू जान नसकून्‌ र त्‍यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून्‌ भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’

प्रकाश 20 : 10 – 15
10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।
13 समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।
15 जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।

२ पत्रुस 2 : 4
4 स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।

मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

प्रकाश 4 : 11
11 “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”

एफिसी 1 : 22 – 23
22 र परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको [1] निम्‍ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो,
23 जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ।

प्रकाश 20 : 10
10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *