नयाँ वर्ष

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नयाँ वर्ष

मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

भजनसंग्रह 34 : 8
8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

२ पत्रुस 1 : 3 – 10
3 आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ।
4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ।
5 यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,
6 ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,
7 भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।
8 किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌।
9 किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।
10 यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *