यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नयाँ चर्च निर्माण
२ शमूएल 7 : 5 – 7
5 “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र?
6 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु।
7 म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’
एफिसी 2 : 21 – 22
21 उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ।
22 अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
१ पत्रुस 2 : 5
5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
यशैया 66 : 1 – 2
1 परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?
2 के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ। “जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।
२ इतिहास 7 : 14
14 यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
१ कोरिन्थी 3 : 16 – 17
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ?
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।
२ शमूएल 7 : 1 – 13
1 दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि,
2 तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।”
3 नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।”
4 त्यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो:
5 “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र?
6 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु।
7 म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’
8 “यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ।
9 जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु।
10 म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,
11 अनि मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरू [1] नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्नेछैनन्। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ।
12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु।
13 त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु।
याकूब 3 : 1 – 18
1 भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ।
2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।
3 यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं।
4 हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ।
5 त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ।
6 जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ!
7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ।
8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
11 के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र?
12 मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।
13 तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्।
14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ।
15 यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो।
16 किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।
17 तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ।
18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
नहेम्याह 2 : 20
20 तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।”
यूहन्ना 4 : 24
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
२ कोरिन्थी 6 : 16
16 मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
Leave a Reply