नम्रता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नम्रता

१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,

१ शमूएल 9 : 21
21 शाऊलले भने, “तर म त इस्राएलको सबैभन्‍दा सानो कुलको एक बेन्‍यामीनी हुँ। र बेन्‍यामीनको कुलका वंशहरूमध्‍ये मेरो वंश सबैभन्‍दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्‍छ?”

एस्‍तर 1 : 12
12 तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्‍तीले इन्‍कार गरिन्‌। यसले गर्दा राजा अत्‍यन्‍त क्रोधित भए। उनी रीसले आगो भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *