नप्ताली

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नप्ताली

उत्‍पत्ति 30 : 8
8 तब राहेलले भनिन्, “ज्‍यादै लड़न्‍त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्‍यसको नाउँ नप्‍ताली [2] राखिन्‌।

उत्‍पत्ति 35 : 25
25 राहेलकी कमारी बिल्‍हातर्फका छोराहरू: दान र नप्‍ताली।

उत्‍पत्ति 49 : 21
21 नप्‍ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्‍दर-सुन्‍दर पाठा-पाठी बियाउँछे।

उत्‍पत्ति 46 : 24
24 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर, र शिल्‍लेम।

१ इतिहास 7 : 13
13 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम। यी बिल्‍हाका सन्‍तानहरू थिए।

गन्ती 1 : 43
43 नप्‍तालीको सन्‍तानबाटको संख्‍या ५३,४०० थियो।

गन्ती 26 : 50
50 नप्‍तालीको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,४०० थियो।

गन्ती 2 : 31
31 दानको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्‍नो झन्‍डामुनि सबैभन्‍दा पछाड़ि हिँड्‌नेछन्‌।

गन्ती 10 : 27
27 अनि नप्‍तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए।

व्यवस्था 33 : 23
23 नप्‍तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”

यहोशू 19 : 39
39 तिनीहरूका वंश-वंशअनुसार नप्‍तालीका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।

न्यायकर्ताहरू 1 : 33
33 नप्‍तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरूलाई धपाएनन्, तर त्‍यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए।

इजकिएल 48 : 3
3 “पूर्वदेखि पश्‍चिमतिर आशेरको सिमानासम्‍मै छोएको नप्‍तालीको एक भाग।

न्यायकर्ताहरू 4 : 6
6 तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञा यो हो: ‘गएर नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्‍याऊ’।

न्यायकर्ताहरू 4 : 10
10 बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्‌।

न्यायकर्ताहरू 5 : 18
18 जबूलूनका मानिसहरूले आफ्‍नो ज्‍यान नै खतरामा हाले, त्‍यसै गरी नप्‍तालीले पनि रणभूमिको मुखैमा।

न्यायकर्ताहरू 6 : 35
35 तिनले मनश्‍शेभरि समाचार लाने दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि लाग्‍नलाई बोलाइए। तिनले आशेर, जबूलून र नप्‍तालीकहाँ पनि समाचार दिने दूतहरूलाई पठाए, र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए।

न्यायकर्ताहरू 7 : 23
23 नप्‍ताली, आशेर र सबै मनश्‍शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *