नदी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नदी

भजनसंग्रह 36 : 8
8 तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्‌, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्‍छ।

भजनसंग्रह 46 : 4
4 एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।

यशैया 32 : 2
2 प्रत्‍येक मानिस बतासबाट शरणस्‍थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्‍खा भूमिमा ठूलो चट्टानको छायाजस्‍तै हुनेछ।

इजकिएल 47 : 12
12 नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।”

प्रकाश 22 : 2
2 त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।

भजनसंग्रह 119 : 136
136 मेरा आँखाबाट आँसुका धारा बग्‍छन्‌, किनभने तपाईंको व्‍यवस्‍था पालन गरिँदैन।

विलाप 3 : 48
48 मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *