धेरै दिने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धेरै दिने

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

२ कोरिन्थी 8 : 12
12 किनभने दिने तत्‍परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्‍य हुन्‍छ, नभएअनुसारको होइन।

मत्ती 6 : 1 – 4
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *