धेरै खाने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धेरै खाने

१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

हितोपदेश 23 : 2
2 यदि तेरो खन्‍चुवा बानी छ भने, तेरो घाँटीमा चक्‍कू राख्‌।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

हितोपदेश 23 : 20 – 21
20 बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्‍म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,
21 किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

हितोपदेश 25 : 27
27 धेरै मह खानु राम्रो हुँदैन, न त आफ्‍नै मान खोज्‍नु कसैलाई आदरणीय हुन्‍छ।

१ कोरिन्थी 6 : 20
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

फिलिप्पी 3 : 19
19 विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ।

रोमी 14 : 21
21 उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।

यर्मिया 17 : 14
14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस्‌ र म बाँच्‍नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्‍छ।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

हितोपदेश 3 : 7
7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

प्रस्‍थान 15 : 26
26 र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”

फिलिप्पी 4 : 5
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।

हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *