धूपदान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धूपदान

लेवीहरू 16 : 12
12 त्‍यसले परमप्रभुको सामुन्‍नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्‍धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्‍याओस्‌।

गन्ती 4 : 14
14 त्‍यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात्‌ आगो राख्‍ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्‍यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा राखून्‌।

गन्ती 16 : 7
7 भोलि परमप्रभुको सामुन्‍ने तिनमा आगो र धूप राखून्‌। जसलाई परमप्रभुले चुन्‍नुहुन्‍छ, त्‍यही पवित्र हुनेछ। हे लेवीहरू हो, तिमीहरू बढ्‌ता भयौ!”

गन्ती 16 : 18
18 यसैकारण उनीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर तिनमा आगो सल्‍काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए।

गन्ती 16 : 46
46 अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्‍यसमा वेदीबाट आगो राखेर धूप हाल्‍नुहोस्, र तुरुन्‍तै त्‍यस समुदायकहाँ लगेर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्‍किसकेको छ— विपत्ति सुरु भएको छ।”

प्रकाश 8 : 3
3 अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।

१ राजाहरू 7 : 50
50 कञ्‍चन सुनका भाँड़ाहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्‍दा भित्री कोठा, अर्थात्‌ महा-पवित्रस्‍थानका ढोकाहरूका लागि र मन्‍दिरको मुख्‍य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्‍टाहरू।

२ इतिहास 4 : 22
22 कञ्‍चन सुनका सलेदाका चिम्‍टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मुख्‍य खण्‍डका ढोकाहरू।

हिब्रू 9 : 4
4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए।

गन्ती 16 : 39
39 तब एलाजार पूजाहारीले ती भस्‍म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए,

इजकिएल 8 : 11
11 तिनीहरूका सामुन्‍ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्‍याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्‍नो धुपौरो थियो, र धूपको सुगन्‍धित धूवाँ मास्‍तिर उठिरहेको थियो।

प्रकाश 8 : 3
3 अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।

प्रकाश 8 : 5
5 तब स्‍वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्‍यसमा भरिदिए, र पृथ्‍वीमा फ्‍याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्‍पन्‍न भए र भूकम्‍प गयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *