यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धूप
प्रस्थान 30 : 35
35 त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्।
प्रस्थान 30 : 38
38 कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”
लेवीहरू 16 : 12
12 त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्याओस्।
गन्ती 16 : 17
17 तिमीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा धूप हाल, र हरेकले आ-आफ्नो धुपौरो, अर्थात् दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्याओ। हारून र तिमीले पनि आ-आफ्नो धुपौरो ल्याउनू।”
गन्ती 16 : 40
40 जस्तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्नुभएको थियो। हारूनका सन्तानबाहेक कोही अन्य मानिस धूप बाल्न नजिक नआओस् भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्यो पनि कोरह र उनको दलजस्तै हुनेछ।
गन्ती 16 : 46
46 अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।”
व्यवस्था 33 : 10
10 तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्, र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्।
प्रस्थान 37 : 29
29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए।
१ इतिहास 9 : 30
30 कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे।
प्रस्थान 30 : 8
8 फेरि बेलुकी हारूनले बत्ती बाल्दा त्यो जलाओस्। यसरी आउने पुस्ता-पुस्तासम्म परमप्रभुको सामुन्ने त्यो निरन्तर बल्ने धूप हुनेछ।
२ इतिहास 13 : 11
11 तिनीहरू बिहान र बेलुका होमबलि र सुगन्धित धूप परमप्रभुको निम्ति चढ़ाउँछन्। तिनीहरूले भेटीको रोटी विधिअनुसार पवित्र गरिएको टेबिलमा लहर-लहर गरी राख्तछन्। तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन्। यसरी परमप्रभु हाम्रा परमेश्वरले आज्ञा दिनुभएका कुरा हामी साँच्ची नै पालन गर्छौं। तर तिमीहरूले त उहाँलाई त्यागेका छौ।
प्रस्थान 30 : 7
7 “वेदीमा हारूनले सुगन्धित मसलाको धूप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्।
प्रस्थान 40 : 5
5 गवाहीको सन्दूकको सामुन्ने सुनको धूप-वेदी राख्नू, र पवित्र वासस्थानको ढोकाको पर्दा लाउनू।
प्रस्थान 40 : 27
27 तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
२ इतिहास 2 : 4
4 अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, र अर्पण गरिएको रोटी नित्य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्यो मन्दिर उहाँको निम्ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्ति यो एउटा अनन्तको विधि हो।
२ इतिहास 32 : 12
12 के हिजकिया आफैले यी नै ईश्वरका अल्गा-अल्गा ठाउँहरू र वेदीहरू भत्काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन् र?
लेवीहरू 16 : 13
13 त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ।
गन्ती 16 : 47
47 तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे।
लूका 1 : 10
10 धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।
लेवीहरू 10 : 2
2 यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे।
Leave a Reply