धार्मिकता आरोपित

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धार्मिकता आरोपित

फिलिप्पी 3 : 9
9 र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो।

२ कोरिन्थी 5 : 21
21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

यशैया 53 : 11
11 उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।

गलाती 2 : 16
16 र पनि हामी जान्‍दछौं, व्‍यवस्‍थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्‍टमाथिको विश्‍वासद्वारा धर्मी ठहरिन्‍छ। यसकारण हामीले पनि हाम्रो विश्‍वास ख्रीष्‍ट येशूमा राख्‍यौं, ताकि हामी व्‍यवस्‍थाका कामद्वारा होइन तर ख्रीष्‍टमा राखिएको विश्‍वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्‍यवस्‍थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन।

१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।

१ कोरिन्थी 1 : 30
30 परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।

रोमी 1 : 17
17 किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

गलाती 2 : 20
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

रोमी 4 : 3
3 किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।”

रोमी 5 : 18
18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।

रोमी 5 : 17
17 यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌।

यर्मिया 23 : 6
6 तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।”

रोमी 3 : 22
22 येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *