धार्मिकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धार्मिकता

उत्‍पत्ति 15 : 6
6 अनि तिनले परमप्रभुमाथि विश्‍वास गरे, र यो तिनको निम्‍ति धार्मिकता गनियो।

रोमी 4 : 3
3 किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।”

रोमी 4 : 5
5 जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि भरोसा राख्‍तछ, त्‍यस्‍तो मानिसको विश्‍वास धार्मिकता गनिन्‍छ।

रोमी 4 : 9
9 के यो आशीर्वाद खतनावालहरूका निम्‍ति मात्र हो? कि बेखतनावालहरूका निम्‍ति पनि हो? अब्राहामको निम्‍ति त उनको विश्‍वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्‍दछौं।

रोमी 4 : 11
11 खतना नहुँदै विश्‍वासद्वारा पाउने धार्मिकताको चिन्‍ह वा छाप स्‍वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्‍वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन्‌ भन्‍ने उद्देश्‍यले यो भएको हो।

रोमी 4 : 13
13 संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्‍यवस्‍थाद्वारा आएको होइन, तर विश्‍वासको धार्मिकताद्वारा आएको हो।

रोमी 4 : 20
20 परमेश्‍वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्‍नो विश्‍वासमा दह्रिलो भएर उनले परमेश्‍वरलाई महिमा दिए।

रोमी 4 : 22
22 यसैकारण पनि उनको विश्‍वास “उनको निम्‍ति धार्मिकता गनियो।”

रोमी 4 : 24
24 तर हाम्रा निम्‍ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं, यो हाम्रा निम्‍ति पनि गनिनेछ।

अय्‍यूब 29 : 14
14 धार्मिकतालाई मैले आफ्‍नो लुगाजस्‍तै लगाएँ, इन्‍साफलाई मैले मेरो पोशाक र फेटाझैँ लगाएँ।

मत्ती 22 : 14
14 किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।”

व्यवस्था 6 : 25
25 उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

अय्‍यूब 33 : 26
26 त्‍यसले प्रार्थना गर्दा परमेश्‍वरले त्‍यसलाई जवाफ दिनुहुनेछ, त्‍यसले परमेश्‍वरको मुहार देख्‍नेछ र आनन्‍दले कराउने छ, परमेश्‍वरले त्‍यसको धार्मिक अवस्‍था पुन: स्‍थापन गर्नुहुनेछ।

व्यवस्था 6 : 25
25 उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

यहोशू 22 : 31
31 अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्‍शेका सन्‍तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्‍ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्‍वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।”

भजनसंग्रह 1 : 3
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

भजनसंग्रह 15 : 5
5 जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

भजनसंग्रह 24 : 5
5 त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।

भजनसंग्रह 101 : 4
4 कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ।

भजनसंग्रह 106 : 3
3 तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌।

भजनसंग्रह 112 : 8
8 त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ।

हितोपदेश 2 : 20
20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌।

हितोपदेश 10 : 2
2 अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।

हितोपदेश 11 : 6
6 सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।

हितोपदेश 11 : 19
19 साँच्‍चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्‍टताको पछि लाग्‍ने मानिस मृत्‍युमा पर्छ।

हितोपदेश 11 : 30
30 धर्मात्‍माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्‍याउँछ, त्‍यो बुद्धिमान्‌ हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *