यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धर्म परिवर्तन गर्ने
प्रस्थान 20 : 10
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
व्यवस्था 5 : 14
14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्यसमा तिमीहरूले केही काम नगर्नू— आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्।
मत्ती 23 : 15
15 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ।
प्रेरित 2 : 10
10 अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं,
प्रेरित 6 : 5
5 यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने।
प्रेरित 13 : 43
43 सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्दै उनीहरूलाई परमेश्वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।
Leave a Reply