यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धर्मी
न्यायकर्ताहरू 5 : 31
31 “हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैँ होऊन्।” तब चालीस वर्षसम्म देशमा शान्ति भयो।
मत्ती 13 : 43
43 तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्।
दानिएल 12 : 3
3 बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन्।
मत्ती 5 : 14
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
फिलिप्पी 2 : 15
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।
भजनसंग्रह 125 : 2
2 पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
होशे 14 : 7
7 मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ।
प्रस्थान 19 : 5
5 अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि
भजनसंग्रह 135 : 4
4 किनकि परमप्रभुले याकूबलाई आफ्नो बनाउन, र इस्राएललाई आफ्नै निज सम्पत्ति हुनलाई चुन्नुभएको छ।
मलाकी 3 : 17
17 “जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।
अय्यूब 23 : 10
10 तर मैले लिएको बाटो उहाँ जान्नुहुन्छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।
विलाप 4 : 2
2 कञ्चन सुनजस्तै सियोनका बहुमूल्य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्तै गनिएका छन्!
२ तिमोथी 2 : 20
20 ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति।
जकरिया 9 : 16
16 त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्।
१ पत्रुस 2 : 5
5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
मत्ती 11 : 25
25 त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।
१ पत्रुस 2 : 2
2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ।
मत्ती 18 : 3
3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
१ कोरिन्थी 14 : 20
20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्ति बालक बन, तर सोच-विचारमा परिपक्व बन।
Leave a Reply