यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धर्मशास्त्र
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
१ कोरिन्थी 15 : 3
3 किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
हिब्रू 6 : 1 – 20
1 यसकारण ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोड़ेर हामी परिपक्वतातर्फ बढ़ौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं।
2 विभिन्न बप्तिस्माहरूसम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डजस्ता कुराहरूको जग फेरि नबसालौं।
3 यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौं।
4 किनकि तिनीहरू, जसले एक चोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्माका सहभागी भएका छन्,
5 र परमेश्वरको उत्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्,
6 त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
7 जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ।
8 तर त्यसैले काँढ़ा र सिउँड़ीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ, र परमेश्वरको सराप पर्न सक्छ। अन्त्यमा त्यो जलाइन्छ।
9 हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं।
10 परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ।
11 हामी चाहन्छौं, कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै त्यही तत्परता देखाउनेछौ,
12 यस उद्देश्यले कि तिमीहरू सुस्त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्छन्।
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो,
14 “म निश्चय तँलाई आशिष् दिनेछु, र तेरो वृद्धि गर्नेछु।”
15 र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्त गरे।
16 मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ।
17 परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो।
18 बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्ने ठूलो हौसला पाएका छौं।
19 हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,
20 जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।
उपदेशक 1 : 1 – 18
1 दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:
2 उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।”
3 मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?
4 पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्, तर पृथ्वीचाहिँ सदासर्वदै रहिरहन्छ।
5 सूर्य उदाउँछ र अस्ताउँछ। त्यो आफू उदाएको ठाउँमा चाँड़ो जान्छ।
6 बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ।
7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्छन्, तापनि समुद्र कहिल्यै भरिँदैन। जुन स्थानबाट खोलाहरू आउँछन्, ती फेरि त्यहीँ नै फर्केर जान्छन्।
8 सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ।
9 जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10 के कुनै कुरो छ, जसको बारेमा कसैले भन्न सक्छ, “हेर त, यो त नयाँ कुरो हो”? त्यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्दा उहिले नै।
11 प्राचीन कालका मानिसहरूको केही सम्झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्दा पछि आउनेहरूले उनीहरूको सम्झना गर्नेछैनन्।
12 म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।
13 आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ!
14 सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र।
15 जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन।
16 मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”
17 तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ।
18 किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
मत्ती 16 : 19
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
Leave a Reply