यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धर्मत्याग
व्यवस्था 13 : 13
13 कतिपय दुष्ट मानिसहरू खड़ा भएर त्यहाँका बासिन्दाहरूलाई कहिल्यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्यौ भने,
हिब्रू 3 : 12
12 भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्।
मत्ती 24 : 10
10 तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ।
लूका 8 : 13
13 ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्यो ग्रहण गर्छन्। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ।
२ तिमोथी 4 : 10
10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
सपन्याह 1 : 6
6 परमप्रभुको पछि लाग्न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट पार्नेछु।
हिब्रू 10 : 31
31 जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरो हो।
हिब्रू 10 : 39
39 तर हामी पछि हट्ने र विनाश पारिनेहरूमध्येका होइनौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं।
२ पत्रुस 2 : 17
17 तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ।
२ पत्रुस 2 : 22
22 यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”
हिब्रू 3 : 12
12 भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्।
२ पत्रुस 3 : 17
17 यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ।
मत्ती 24 : 12
12 दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
२ थेसलोनिकी 2 : 3
3 कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
व्यवस्था 32 : 15
15 तर यशूरूनले [1] मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्ला भए। तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने।
१ इतिहास 28 : 9
9 “अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्वरलाई आफ्नै ईश्वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ। यदि उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सधैँको निम्ति इन्कार गर्नुहुनेछ।
यशैया 1 : 28
28 तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्।
यशैया 65 : 16
16 जसले यस देशमा आशिष्को आह्वान गर्नेछ, त्यसले साँचो परमेश्वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्।
यर्मिया 17 : 6
6 त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन।
Leave a Reply