यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धन्यवाद दिन
१ थेसलोनिकी 5 : 16 – 18
16 सधैँ आनन्दित रहो।
17 निरन्तर प्रार्थना गरिरहो।
18 सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
भजनसंग्रह 100 : 4
4 उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
भजनसंग्रह 50 : 14
14 परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्।
कलस्सी 2 : 6 – 7
6 यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।
7 धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
Leave a Reply